८ चैत्र , भरतपुर
निर्णायक तहमा अर्थपूर्ण सहभागीताकाे जागरणका लागि महिलाहरूकाे टाेली चितवन आइपुगेकाे छ। मेची महाकालीमा निस्किएकाे अनुपम बस यात्राकाे महिलाहरूकाे टाेलीलाइ बिहिबार बिहान चितवनमा स्वागत गरिएकाे हाे । चितवनका सक्रिय महिलाहरू, लेखक एवम् पत्रकार ले फुलका गुच्छा र खादा ओडाएर टाेलीलाइ नारायणी किनारमा न्यानाे स्वागत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठठले शब्दले स्वागत गर्नुभयो। न्यासम तथा मितेरी जैविक प्याड उत्पादन केन्द्र का कोषाध्यक्ष विद्या कुमारी श्रेष्ठले जैविक प्याड सहित खाजा सामाग्री हस्तान्तरण गर्दै महिलाहरुलाई स्वागत गर्नुभयो ।
मेचि बाट शुरु गरेर टोलि तेस्राे दिन बिहान चितवनमा करिब १ घन्टाकाे अन्तरक्रिया सकेर नवलपुर हुँदै पश्चिम तर्फ निस्किएकाे छ । यात्रा मेची महाकाली भए पनि पुर्वका सबै जिल्लाका २९ जना महिला अगुवाहरूको टाेलीमा सहभागीता रहेको थियो ।
“भाँडा चम्काउने महिलाका हातले देश चम्काउन सक्छन् ” सहित विभिन्न नारा लेखिएकाे प्लेकार्ड र हस्ताक्षर गर्दै जागरणका लागी यात्रा गरेकाे यात्राका सह संयाेजक लक्ष्मि घलानले बताउनुभयाे ।उहाँले नारीवादी महिला सन्झालकाे औचित्यबारे प्रकाश पार्नुभएकाे थियाे ।
यस्तै महिलाहरूकाे अनुपम बस यात्राकि ब्यबस्थापक सरिता केसीले यात्रागर्नुका उदेश्य सहित तीन दिनको अनुभव सुनाउनु भएकाे थियाे । बाग्लुङ , सिन्धुपाल्चोक अन्यत्रबाट सहभागी सदस्य हरुले समेत यात्राका अनुभव बाँड्नुभएकाे थियाे ।
कार्यक्रम को सहजिकरण न्यासका अध्यक्ष सावित्री भण्डारीले गर्नुभएको थियो भने चितवन टिमले चियापान गराएर नारायणी किनारमा टोलिलाई विदाई गरेकाे हाे ।