९ चैत्र, चितवन
पूर्वी चितवनको रत्ननगरमा यस बर्ष पनि होली म्यूजिक फेष्टाको पाचौं संस्करण हुने भएको छ । रत्ननगर जुनियर जेसीजले यहि चैत्र १२ गते होलि विशेष कार्यक्रम आयोजना गरेको हो ।
मौलिक चाडपर्बलाई जगेर्ना गर्न र स्थानियतालाइ प्रोत्साहन गर्न होलि विशेष कार्यक्रम गरिएको रत्ननगर जुनियर जेसिजकी अध्यक्ष रेनुका ढकालले जानकारी दिनुभयो।उहाँले बिकृती न्यूनीकरण गर्न सामाजिक संस्थाले खेलेको भुमिकाले नयाँपुस्तामा सकारात्मक प्रभावपर्नेमा बिश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार होलि विशेष कार्यक्रममा ३ वटा ब्यान्ड र रत्ननगर डान्स एकेडेमीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रम परिसरमा विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत रहने बताइएको छ ।
रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा कार्यक्रम मध्यान्ह १२ बजे देखि साझ ६ बजेसम्म हुनेछ ।
कार्यक्रममा प्रवेशका लागि २०० रुपियाँ लाग्नेछ । कार्यक्रममा उठेको रकम युवाविकासका लागि लगानी गरिने आयोजकको भनाइ छ । रत्ननगर जुनियर जेसीजले विगतका वर्षदेखि होली कार्यक्रम गर्दै आइरहेको थियो ।