चितवन, चैत ८ –
वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा नेविसंघले होली विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई समिति वीरेन्द्र क्याम्पसले क्याम्पस परिसरमा आज नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा होली विशेष प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरु होली खेलेर रमाएका छन् । विद्यार्थीहरुले नाचगान सहितको आफ्नो विभिन्न कला समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका पूर्व सभापति जित नारायण श्रेष्ठ, बागममती प्रदेश सभा सदस्य उत्तम जोशी, गिता गुरुङ, नेपाली काग्रेसका नेता मिलन बाबु श्रेष्ठ, कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी, सहसचिव गोपाल दराई, नेविसंघ केन्द्रिय सदस्य प्रिया गुरुङ, कविर श्रेष्ठ, विजय मल्ल, सुवाश कोइराला लगायतका नेता कार्यकर्ताको उपस्थिति समेत रहेको थियो ।