भरतपुर, ८ चैत
भरतपुर महानगरपालिका–३ स्थित सहिद चोक नजिकै विद्युतीय ट्रान्सफर्मरमा चढी तार तान्न खोज्ने एक जना घाइते भएका छन् ।
घाइते हुनेमा झापा घर भएका ३५ वर्षीय सन्दिप गिरी रहेका छन्। गिरि कवाड उठाई हिड्ने व्यक्ति हुन् ।
प्रहरीका अनूसार उनको टाउकोमा चोट लागेको र हात खुट्टा सामान्य जलेको थियो । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।