चितवन चैत ७
ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना भएको हो ।
नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जुगेडी प्रहरी चौकीले जानकारी दिएको छ ।
मृतकको नाम थर र वतन खुली नसकेको प्रहरीले जनएको छ । दुर्घटनामा परेको दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले आफ्नो नियन्त्रणमा लिएको छ ।