भरतपुर, चैत ३
कालिका जेसीजको आयोजनामा शनिबार कालिका नगरपालिका वडा नं १ को कार्यलयमा उद्घोषण कला कार्यक्रम सम्पन भएको छ ।
कालिका जेसीज वर्ष २०२४ का अध्यक्ष सुमीत्रा अधिकारीको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुनेश्वर खनाल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक बीसहजार जेसीजका पुर्ब अध्यक्ष रमेश बस्ताकोटी, कालिका जेसीजका पुर्ब अध्यक्षहरु सन्देश रेग्मी, मेनुका थापा अधिकारी, कालिका जेसीजका मानार्थ सदस्यहरु लीला बहादुर गुरुङ, रमेशजंग थापा, कालिका जेसीज तालिम आयुक्त गुरुप्रसाद धिताल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले राज्यको युवा नीति फितलो भएको, युवाहरुको भबिश्य अन्योल भएकाले, युवाहरु आफै सक्षम हुनुपर्ने बताउनु भयो । कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो ।









