भरतपुर, ३ चैत
भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।
देवघाटमै आश्रममा बस्ने पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार दिउँसो ११ बजेतिर नदीमा कपडा फुकालेर नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
मोटरबोटको सहायतामा बेपत्ता व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।