भरतपुर चैत्र २
भरतपुर १० मा रहेको अर्किड माध्यमिक विद्यालयले विद्यालय तहका बालबालिकाहरूलाई सामाजिक सञ्जाल र सूचना प्रविधिको जानकारी दिने उद्देश्यले साइवर सुरक्षा , ईन्टरनेट कार्यशाला सम्बन्धमा एक दिने कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
रोट्रयाक्ट क्लब अफ भरतपुर हाइट र अर्किड मा वि कम्प्युटर शिक्षण विभागको सहकार्यमा आयोजित कार्यक्रम मा १४० विद्यार्थीहरूको सहभागीता रहेको थियो।
रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटका अध्यक्ष सुरज भण्डारीको उपस्तिथिमा सम्पन्न कार्यक्रमको सहजीकरण क्लबका रामकृष्ण लामिछाने र शिक्षकद्वय शरण श्रेष्ठ र अदिती विडारीले गरेका थिए ।
अर्किड मा वि कम्प्युटर विषय विभाग प्रमुख अमित भुसालका अनुसार यस्तो कार्यक्रममार्फत कलिला बालबालिकाद्वारा उचित रूपमा सूचना प्रविधिको प्रयोग हुने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा पासवर्ड प्रयोगको तरिका र जोखिम , कम्प्युटर ह्याकिङ, अन लाइन बुलिङको नकारात्मक असरबारेमा विद्यार्थिलाई सुसुचित गरिएको भुसालले बताए।








