भरतपुर, २९ फागुन
भरतपुर महानगरपालिका १५ स्थित गोपाल चोकमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भरतपुर-१५ बस्ने ७३ वर्षीय धनबहादुर घिमिरे र स्कुटर चालक ६१ वर्षीय सागर पाण्डे घाइते भएका छन् ।
प्रदेश ३-०३-००१ प १९१९ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।