भरतपुर, २९ फागुन
भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा २५ वर्षीय युवक मृत फेला परेका छन् ।
मृत्यु हुनेमा नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं-२, गुहेरी घर भएका चुनबहादुर मर्स्याङ्दीमगर रहेका छन् ।
उनि आफ्नै कोठामा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनि बेल चोकमा डेरा गरि बस्दै आएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मृतकका भाइ तुलबहादुर मर्स्याङ्दीमगरले जानकारी दिए ।