चितवन, फागुन २८
नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी प्रहरी चेकपोष्ट नजिक यात्रुबहाक बसलाई मिनि ट्रकले ठक्कर दिएको छ ।
आज बिहान ८ः४० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९७०६ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८८७२ नम्बरको मिनी ट्रकले पछाडीबाट ठक्कर दिँदा बसमा सवार तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा अक्षाम बान्निगढी जयगड गाउँपालिका–३ बस्ने बर्ष २५ की मिठु साउद, धादिङ गजुरी गाउँपालिका–१ बस्ने बर्ष ५३ की देबी तामाङ र बसको सहचालक चितवन रत्ननगर नगरपालिका–१२ बस्ने बर्ष २८ को सुनिल विक रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार