भरतपुर, २५ फागुन
भरतपुर महानगरपालिका–१६ स्थित मिलिजुली चोकमा करिब २० हजार प्रतिबन्धित माछाका भूरा नष्ट गरिएको छ ।
पशु क्वारेन्टाइनका चिकित्सक र जनप्रतिनिधिको समन्वयमा प्रहरीले बिहीवार नष्ट गरेको हो ।
सात वटा सिल्भरको भाँडामा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त प्रतिबन्धित प्रजातीका माछा भारतबाट ल्याइएको हुन सक्ने वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए ।