चितवन, २५ फागुन
भरतपुर महानगरपालिका वडा नं-७ प्रेमबस्तीमा नम्बर नखुलेको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका वडा नं-३ घर भई हाल भरतपुर-६, प्रेमबस्तीस्थित डेरा गरी बस्ने ४० वर्षीय अमरदेव महतो रहेका छन् ।
गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नम्बर नखुलेको बोलेरोले ना १७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने बोलेरो गाडीको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ । हालसम्म मृतकको शव अस्पतालको शव गृहमा रहेको प्रहरीले जानकारी दिएको छ ।