चितवन,फागुन २१-
जिल्ला प्रहरी कार्यालय चितवनले ३२ थान हराएका मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
बिभिन्न समयमा आएका निवेदनको आधारमा चितवन, काठमाण्डौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही महोत्तरी लगायतका जिल्लाबाट ती मोबाईलहरु बरामद गरिएको हो ।
आईफोन, सामसुङ, रेड्मी ओप्पो, भिभो, पोको लगायतका बिभिन्न कम्पनीका मोबाईल जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलन गरी मोबाइल धनीलाई हस्तान्तरण गरिएको हो ।