चितवन, १५ फागुन
दुग्ध किसानले चितवनसहित देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएको छ । फागुन १७ गते बिहिबार चक्काजाम गर्ने भएको हो ।
दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले बताए । आचार्यका अनुसार ललितपुरको चापागाउँ, तनहुँ, मुग्लिनलगायत देशका मुख्य राजमार्गमा चक्काजाम हुनेछ ।
दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए । संघको नेतृत्वमा मंगलबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।