चितवन, फागुन १५ –
एसडि टेक कम्पनी चितवनले उद्यमीहरुका लागि एक महिने डिजिटल उद्यमी तालिम सुरु गर्दै छ । स्वदेशमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गर्दै कम्पनीले उक्त तालिम आयोजना गर्न लागेको हो ।
यस विषयमा हामीले कम्पनीका प्रबन्ध निर्देशक सौगत देवकोटासँग कुराकानी गरेका छौं । प्रस्तुत छ चितवन आजकर्मी हिरालाल आचार्य ‘डायमण्ड’ ले देवकोटासँग गरेको कुराकानी, जस्ताको तस्तै ।
प्रश्न : हजुरहरुले डिजिटल उद्यमी तालिम सुरु गर्ने भनि रहनु भएको छ । डिजिटल उद्यमी तालिम भनेको के हो ?
उत्तर : साना तथा मझौला उद्यमीहरुका लागि डिजिटलाइजेशन तथा डिजिटल मार्केटिङ्ग सम्बन्धी सिप सिकाउने उद्देश्यले गर्न लागिएको तालिम नै डिजिटल उद्यमी तालिम हो ।
प्रश्न : यो तालिममा सहभागी हुनेहरुलाई केके सिकाइन्छ ?
उत्तर : तालिममा सहभागिले सामाजिक संजालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, कसरी डिजाइन गर्ने, कसरी एड (विज्ञापन) बनाउने, गुगल म्याप्सबाट कसरी व्यवसाय प्रवद्र्धन गर्ने एवम् बल्क एसएमएस पठाउने तरिका, इमेल पठाउने तरिका, व्यवासायको दैनिक कारोबारहरु डिटिलाइज गर्ने तरिका, गुगल वर्क स्पेश, वेवसाइट व्यवस्थापन गर्ने तरिका लगायतका कुराहरु सिकाइनेछ । यसैगरी व्यावसायको समाजिक सञ्जाल ह्याक हुने गतिबिधिबाट कसरी बच्ने र साइबर सचेतनाका बारेमा पनि सिकाइनेछ ।
साथै व्यावसायलाई डिजिटलाइज गर्न चाहिने सफ्टवेयर तथा एप्लिकेशनहरु चलाउन सिकाइने छ ।
प्रश्न : यी कुराहरु सिक्न कति समय लाग्छ ? तालिम अवधि कति हो ?
उत्तर : यी कुराहरु सिक्न ६० घण्टा लाग्ने गरी हामीले सेलेबस बनाएका छौं । यसलाई व्यवस्थापन गर्न दैनिक २ घण्टा तालिमको कक्षा सञ्चालन गर्ने गरी एक महिनासम्म तालिम दिइने छ ।
प्रश्न : यो तालिममा कस्ता व्यक्तिहरु सहभागी हुन सक्छन् ?
उत्तर : यो तालिम विशेष गरी साना तथा मझौला उद्योगी तथा व्यावसायीहरुलाई लक्ष्ति गरेर दिन लागिएको हो । उद्यमशीलता गरिरहनु भएका तथा उद्यम कार्यमा लाग्न खोजिरहनु भएका दुबैले यो तालिममा सहभागि हुन पाउने छन् । आफूमा डिजिटलाइजेशन तथा डिजिटल मार्केटिङ् सम्बन्धि ज्ञान सिक्न चाहने विद्यार्थी, जागिरे जो कोहीले यो तालिम लिन सक्नुहुनेछ ।
प्रश्न : यो तालिम लिएपछि सहभागिहरुलाई के फाइदा हुन्छ ?
उत्तर : तालिममा डिजिटल मार्केटिङ र डिजिटलाइजेशन सम्बन्धी कुराहरु सिकाइने भएकाले सहभागिहरुले तालिम पश्चात आफ्नो व्यावसायलाई दैनिक कारोवार डिजिटल प्लेटफर्म मार्फत सञ्चालन तथा प्रवद्र्धन गरी व्यावसायिक गतिविधि बढाउन सक्नेछन् ।
प्रश्न : यो तालिम लिन के कति शुल्क लाग्छ ?
उत्तर : रजिष्ट्रेशन शुल्क बापत ३ हजार ५०० रुपैयाँ र कोर्ष फि २० हजार गरी २३ हजार ५०० शुल्क कायम गरेका छौं । तर अहिले तालिममा सहभागी हुन चाहनेहरुले कोर्ष फि मा २५ प्रतिशत छुट पाउने छन् । जसअनुसार कोर्ष फि बापत कुल १५ हजार बुझाउनु पर्ने छ । यसरी कुल १८ हजार ५०० रुपैयाँ लाग्ने छ ।
प्रश्न : यो तालिममा कसरी सहभागी हुन सकिने छ ?
उत्तर : तालिममा सहभागी हुन इच्छुकहरुले मनकामना अस्पताल पछाडि अवस्थित एसडि टेकको कार्यालयमा सम्पर्क गरी रजिष्ट्रेशन गर्न सकिने छ । साथै अनलाइनबाट पनि रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाएका छौं । जसका लागि https://forms.gle/abpyce3skjs3vret8 मा गएर भर्न सकिने छ । थप कुरा बुझ्न परेमा कार्यालयको सम्पर्क नम्बर ०५६–५३७१११ र ९८५५०१८०४७ मा सम्पर्क गर्न सकिने छ ।