चितवन, फागुन १३-
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला परेको छ ।
भरतपुर महानगरपालिका-१३मा रहेको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आज (आइतबार) गैँडा मृत फेला परेको हो ।
मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
सो मृत भाले गैँडा अन्दाजी १२ वर्ष उमेरको रहेको जनाइएको छ। आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ।