भरतपुर, १३ फागुन
सी स्टार एजुकेशन भरतपुरले विशेष क्षमताका विद्यार्थीलाई सहयाेग गरेको छ ।
प्युठान देखी भरतपुर आएका ओम प्रकाश गाहा मगरलाई अध्ययनमा सहयाेग पुग्ने अपेक्षा सहित सहयोग गरिएको सी स्टार एजुकेशन कन्सल्टेन्सीका संचालक बसन्त पाेख्रेलले जानकारी दिए । उनका अनुसार मगरलाई करिब दस हजार बराबरको सहायो गरिएको हो ।
सानैमा रुखबाट लडेर उपचार नपाएका गाहा मगर हाल सप्तगण्डकी क्याम्पसमा पत्रकारिता विषय लिइ दाेश्राे बर्षमा अध्ययन गर्दै छन् ।
व्यवसाय सँगै सामाजिक सेवामा अग्रसरको सी स्टार एजुकेशन कन्सल्टेन्सीले विगत लामाे समयदेखी विद्यार्थीहरुलाई जापान, काेरियाकाे लागी विद्यार्थी तथा कामदार भिषाकाे काम गर्दै आएको छ । साथै कम्प्युटर र अंग्रेजी भाषाका कक्षाहरु पनि सञ्चालन गर्दै आएकाे छ।