भरतपुर, १२ फागुन
भरतपुर महानगरपालिका वडा न. २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन भएको छ । आज भएको अधिवेशनबाट कृष्ण प्रसाद चालिसेको नेतृत्वमा ९ जना कार्य समिति सदस्य र २ जना वडा परिषद सदस्य गठन गरिएको छ ।
निर्वाचन प्रमुख तथा प्रदेश विभाग सदस्य विष्णु चापागाईको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । उक्त कमिटीको उपसभापतिमा पूर्ण कुमारी लोचन ठकुरी, सचिवमा कुमारी गोले लामा र सदस्यहरुमा निर बहादुर दमै, दिपक राज पुरी, राधेश्याम श्रेष्ठ, बिमला श्रेष्ठ, सुमित्रा पुरी, दिपेन्द्र अर्याल रहेका छन् भने वडा परिषद सदस्यहरुमा बाबुराम केसी र दुर्गा बहादुर श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा भरतपुर महानगर सभापति सिता ज्ञावाली, उपसभापति आशिष लो तमाङ्ग, निर्वाचन पर्यवेक्षक विशाल कोइराला लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीलाईलाई निर्वाचन प्रमुखविष्णु चापागाईले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।