भरतपुर, १२ फागुन
भरतपुर महानगरपालिका वडा न. २५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन भएको छ । आज भएको अधिवेशनबाट विकास घिमिरे नेतृत्वमा ११ जना कार्य समिति सदस्य र ४ जना वडा परिषद सदस्य गठन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य राजन गौतमको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो ।
सचिवमा निरन्जन सापकोटा र सदस्यहरुमा रीता विश्वकर्मा, फुलमाया भन्डारी, प्रीति माया गुरुङ, प्रवीण सुवेदी, शरणप्रसाद भट्टराई, दीपक महतो, ताराप्रसाद चापागाईं, सुनीता न्यौपाने चापागाईं रहेका छन् भने वडा परिषद सदस्यहरुमा हिमलाल भन्डारी, जयराम गिरी, गङ्गा सापकोटा, रीता न्यौपाने रहेका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य राजन गौतम, प्रदेश विभाग सदस्य हरि भण्डारी, निर्वाचन प्रमुख र सदस्यहरु, जिल्ला र भरतपुर महानगरका सदस्य लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीलाईलाई निर्वाचन प्रमुख उद्दव तिमिल्सिनाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।