चितवन, १२ फागुन
चितवनको रत्ननगर नगरपालिका वडा नं-१० मा रहेको एक होस्टेलमा छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
घटना शनिबार बिहान करिब १०ः३० बजे भएको हो ।
गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङमा स्काउटको डोरीमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।







