भरतपुर, १२ फागुन
अनेरास्ववियु सहिद स्मृति क्याम्पस कमिटीद्वारा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि बालकुमारी कलेजले हासिल गरेको छ ।
शुक्रबार सम्पन्न भएको खेलमा सप्तगण्डकी क्याम्पसलाई हराउँदै बालकुमारी कलेजले उपाधि हात पारेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल पुरस्कार प्राप्त गरे भने दोश्रो हुनेले २५००० रुपैयाँसहित ट्रफि र मेडल पुरस्कार प्राप्त गरे ।
३ दिनसम्म चलेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक नितिन बस्नेतले जानकारी दिए ।
अनेरास्ववियु सहिद स्मृति क्याम्पस कमिटीद्वारा आयोजित भलिबल प्रतियोगिता फागुन ९ गतेबाट सुरु भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार