चितवन, १० फागुन
अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा ढिलासुस्ती गरेको भन्दै विरोध स्वरुप हस्ताक्षर संकलन कार्यक्रम गरेको छ ।
चितवन जिल्ला सदस्य कुशल ढकालका अनुसार विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा बिबिएस चौथो वर्ष सकेर तेस्रो वर्षको ब्याक परिक्षा दिएर बसेका विद्यार्थी मास्टर्स भर्नाबाट बन्चित छन् र विश्वविद्यालय निरन्तर गैरजिम्मेवार बन्दा विद्यार्थीहरुले दुःख पाएको उनले बताए ।