भरतपुर, फागुन १०
भरतपुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पसका बिबिएस दोस्रो वर्षका विद्यार्थीहरुले प्रथम वर्षका विद्यार्थीलाई आज स्वागत गरेका छन् ।
बिबिएस दोस्रो वर्षका विद्यार्थी अभिशेक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख भोजराज गौरी, बिशिष्ठ अतिथि सेन्ट्रल कलेजका सिइओ वाइबी पौडेल, कार्यक्रममा अथिति सहायक क्याम्पस चिफहरु , विभागीय प्रमुखहरु, विद्यार्थी कल्याण प्रमुख टिकाराम रिजाल र विरेन्द्र कलेज का विभिन्न क्लबका अध्यक्ष हरु, विभिन्न संगठनका अध्यक्षहरु रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथिले, विद्यार्थीको रचनात्मक कार्यमा सदैव क्याम्पस प्रशासनको साथ र सहयोग रहेने बताए । ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अथिति पौडेलले विद्यार्थीले गरेको हरेक रचनात्मक कार्यमा सेन्टल कलेज विद्यार्थीको साथी भएर आउने बताए ।
स्वागत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, गजल मुक्क्तहरु पनि रहेका थिए । अथिथिगणहरुले नयाँ विद्यार्थीलाई विभिन्न उपहार चिनो र टीका लगाएर स्वागत गरेका थिए ।