माधव सापकोटा
फागुन १०, चितवन
भरतपुर – ४, धर्मचोक , लंकुमा फागुन २ देखि सुरु भएको नौ दिवसीय श्री लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को आज समापन भएको छ। मन्दिरमा वैकुण्ठ भगवान् , महालक्ष्मी , श्रीदेवी, भूदेवी, नीलादेवी, रामानुज स्वामी लगायतका आचार्य , आलवारहरूका विग्रहहरूको प्राण- प्रतिष्ठा गरिएको संयोजक कमलनयन कंडेलले जानकारी दिनुभयो।
रङ्ग मन्दिर वृन्दावनधाम गोवर्धन पीठाधीश्वर गोवर्धन रङ्गाचार्य स्वामीको प्रधान आचार्यत्व , पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व तथा डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न भएको महायज्ञमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी देवराजाचार्य, शान्तिधाम काभ्रेका पीठाधीश स्वामी चतुर्भुजाचार्य लगायतका नेपाल- भारतका प्रमुख सन्त- महात्माहरूको उपस्थिति रहेको थियो ।महायज्ञमा १ करोड १२ लाख रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले बताउनुभयो।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायण तथा भक्तिसङ्गीतका कार्यक्रमहरू भएका थिए।
यसैबिच प्राण- प्रतिष्ठाका अवसरमा मन्दिरका उत्तराधिकारीका रूपमा डा. ध्रुवनारायण सापकोटालाई पट्टाभिषेक गरिएको छ।