चितवन, १० फागुन
जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले सम्हालेका छन् । सोमबारदेखि कार्यालयमा हाजिर भएर एसपी रिमालले जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले कार्यालयमा स्वागत गरेका थिए ।
प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी रिमाललाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो ।
यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले एकवर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । कार्की लागुऔषध नियन्त्रण ब्यूरो अपराध तथा कार्वाही शाखा काठमाडौँमा सरुवा भएका छन् ।







