भरतपुर, ८ फागुन
प्रजातन्त्र दिवसको अवसरमा ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
भरतपुर बालमन्दिर अटिजम विषेश विद्यालयमा भएको कार्यक्रममा सोही विद्यालयका ४० जना र नारायणी नमुना माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई कापी, कलम, मादल झ्याली सहितका सामग्री वितरण गरिएको हो ।
प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् । नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन् ।
महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउने सुविधा मिलाइएको दाहालले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने बताए ।