चितवन, ४ फागुन
नारायणी नदीको पुलबाट हाम फालेर एकजना घाइते भएका छन् ।
घाइते हुनेमा गोरखा नगरपालिका १ घर भएका ३३ वर्षीय राजन सेवा रहेका छन् । पुलबाट हाम फालेको भन्ने सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको बिपद व्यवस्थापन सहितको प्रहरी टोलिले उद्दार गरेका हुन् ।
हाल राजनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।







