भरतपुर, १ फागुन
चितवनका दुग्ध उत्पादक किसानलाई तालिम दिइँदै छ । बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको समन्वयमा एक सातासम्म तालिम दिइएको हो ।
चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार माघ २८ गते देखि फागुन ५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा तालिम आयोजना भइरहेको छ । उनका अनुसार गाईभैँसीपालन व्यवसायलाई नाफामूलक व्यवसायका रुपमा प्रवद्र्धन गर्नका लागि तालिम आयोजना गरिएको हो ।
हाललाई ९ वटा समूहलाई तालिम दिइने र एउटा समूहमा २५ जनासम्मलाई सहभागी गराइएको उनले बताए ।