चितवन, २९ माघ
चितवनमा टिभीएसको नयाँ मोडेलका अपाचे र रोनीन मोडेलका मोटरसाइकल सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमका बिच मालाश्री मोटर्सले टिभीएस कम्पनीका रोनीनको–२०२३ र अपाचे आरटीआर फोरभीको नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो । रोनिनमा २२५ सीसीमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ भने अपाचे आरटीआर फोरभीमा १५९.७ सीसी क्षमता रहेको छ।

अपाचे आरटीआरको मोटरसाइकल एफआई इन्जिनयुक्त र सिंगल च्यानल एबीएससहित उपलब्ध रहेको मालाश्री मोटर्सका प्रोपाइटर सरोज अर्यालले जानकारी बताए । त्यसैगरी यसलाई स्पोर्ट, अर्वान र रेन गरी तीन मोडमा चलाउन सकिन्छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको अर्यालले जानकारी दिए । मोटरसाइकलमा १५९।७ सीसीको फोर स्ट्रोक, फोर भल्व इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा १७।५ पीएस पावर र १४।७ एनएम टर्क जेनेरेट गर्छ ।

यस्तै टीभीएस रोनीनमा २२५।९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९दशमलव ९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने उनले बताए । यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ ।
नयाँ मोटरसाईकल सार्वजनिक गर्दै चितवन अटो मोवाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले अहिले टिभीएस कम्पनीका मोटरसाइकल ग्राहकको रोजाईमा परेको बताए । उनले अहिले बैंकले मोटरसाइकलमा लगानी नगर्दा व्यापार समेत घट्दै गएको उनले दुखेसो पोखे ।








