भरतपुर, २९ माघ
भरतपुरमा नेकपा माओवादीले ग्यास सिलिण्डर विस्फोट गराएको छ ।
आज बिहान करिब १:४५ बजेको समयमा भरत्पुर ४ स्थित रामघाट नजिकै खुल्लाचौरमा सिलिण्डर विस्फोट गराएको हो ।
घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी)बाट सरकारलाई लिखित रुपमा बुझाएका मागहरु लेखेको पर्चा र ग्यास सिलिण्डरको टुक्राहरु जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त पर्चामा नेपाल सरकारलाई बुझाएको ३३ बुँदे मागहरु उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार विस्फोटबाट अन्य भौतिक तथा मानवीय क्षति भने भएको छैन । के कारणले कसले विस्फोट गरायो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।