चितवन, २८ माघ
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् ।
पारिवारिक भ्रमणका लागि शाह चितवन आएका हुन् । पुर्व राजा शाहलाई विमानस्थलमा समर्थक र विभिन्न राजनीतिक दलका नेताहरुले भव्य स्वागत गरेका थिए।
शाह ११ दिन चितवन बस्ने भनिएको छ। उनी आज पटिहानीको होटल सोस्टीमा बस्ने बताइएको छ ।







