चितवन, १६ माघ
एसआई–ग्लोबल चितवनले आज आयोजना गरेको युके युनिभर्सिटी फेयरमा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता देखिएको छ ।
नारायणगढको केयल महलमा रहेको एसआई ग्लोबलमा आज ‘एसआईयूके एजुकेशन फेयर २०२४’ भइरहेको छ ।
एसआई ग्लोबल चितवनका प्रमुख शिषिर रेग्मीका अनुसार बेलायतमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा गर्ने उद्देश्यले ‘एसआईयूके एजुकेशन फेयर २०२४’ आयोजना गरिएको हो ।
उनका अनुसार फेयरमा बेलायतका उत्कृष्टि विश्वविद्यालय युनिभर्सिटी अफ बाथ, त्रिनिटी कलेज डुम्बिलन,युनिभर्सिटी अफ युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटीएन युनिभर्सिटी, केला युनिभर्सिटी, युनिर्भर्सिटी अफ प्लेमाउथ, युनिभर्सिटी अफ सालफोर्ड म्यानचेष्ट्रर, स्टडी ग्रुप, अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप, क्याब्रिज एजुकेशन ग्रुप लगायतका प्रतिनिधिहरुले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गरिरहेका छन् । फेयरमा ३५ बढी विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श दिइरहेका छन् ।
फेयरमा सम्पूर्ण तयारी पुगेका विद्यार्थीलाई अफर लेटरसहित आकर्षक छात्रवृत्ति दिइएको छ । फेयरमा सहभागी विद्यार्थीले आकर्षक छात्रवृत्तिसहित विभिन्न खालका उपहारहरू प्राप्त गर्ने छन् । फेयरमा उपस्थिति विद्यार्थीलाई ठाउँको ठाउँ अफर लेटर दिने एसआई युके जनाएको छ ।
फेयरमा सहभागी भई एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने, आएल्स र पिटिई नभई एप्लाई गर्न पाउने लगायतका विभिन्न सुविधाहरू प्राप्त गर्ने छन् ।