माधव सापकोटा
माघ २४, चितवन
नव- निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनमा रङ्ग मन्दिर वृन्दावनधाम गोवर्धन पीठाधीश्वर रङ्गाचार्य स्वामीको प्रधान आचार्यत्व , पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व तथा डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा फागुन २ देखि १० गतेसमम्म चल्ने श्रीलक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८०का लागि दक्षिण भारतको महाबलीपुरम्बाट ल्याइएका मूर्तिहरूको आज नगरपरिक्रमासहित स्वागत गरिएको छ ।
मूर्तिहरूलाई केन्द्रीय बस टर्मिनल ( पारस बसपार्क )भरतपुरबाट भजन- कीर्तन , गाडी- मोटरसाइकल र्यालीसहित चौबिसकोठी, सहिदचोक, बेलचोक, धर्मचोक, वैदिकनगर , पिपलचोक, अद्वैतचोक, धारापानीचोक, वैकुण्ठचोक हुँदै मन्दिर प्रवेश गराइएको थियो, मूर्तिहरूको स्वागतमा घर- घरमा घडाहरू राखेर भक्तजनहरूले स्वागत गरेका थिए। शोभायात्रामा हजारौं भक्तहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत फागुन १ गते दिउसो १ बजे मोटर साइकल र्याली तथा २ गते बिहान १०:३० बजे शोभा- कलश यात्राको कार्यक्रम रहेको मूल समितिका संयोजक कमलनयन कंडेलले जानकारी दिनुभयो।