भरतपुर, २४ माघ
भरतपुर १० स्थित अर्किड मा.वि. द्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारम्भिक प्रतियोगिता अन्तरगत “अर्किड उद्घोषण तारा – २०८०” को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ ।
त्यसैगरि प्रतियोगीतामा द्धितिय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मा वि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफी संगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशकले आकाश पौडेलले प्रदान गर्नुभयो ।

कार्यक्रममा उज्यालो नेपाल मिडियाका अध्यक्ष निराजन घिमिरे र रेडियोकर्मी एवम अधिवक्ता तारा न्यौपाने निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमलाइ उपासना कंडेल र प्रेजिया कार्की ले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा “अर्किड उद्घोषण तारा” अर्किड माविको मौलिक कार्यक्रम रहेको जनाइएको थियो । कार्यक्रम संयोजक एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतिक्षा श्रेष्ठका अनुसार वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले सदा झै सप्ताहव्यापी रूपमा अन्तरमावि उद्घोषण तारा, साइकल दौड प्रतियोगिता, हाजिरजवाफ,कला सामाग्री र क्वाड च्याम्पियन कार्यक्रम राखेको जानकारी गराउनुभयो ।








