माधब सापकोटा
माघ २३ , चितवन-
नव- निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनमा आगामी फागुन २ देखि १० गतेसम्म चल्ने श्रीलक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८०का लागि दक्षिण भारतको महाबलीपुरम्बाट ल्याइएका मूर्तिहरूको भोलि नगरपरिक्रमासहित स्वागत गर्ने कार्यक्रम रहेको छ ।
भोलि माघ २४ गते बिहान ११ बजे केन्द्रीय बस टर्मिनल ( पारस बसपार्क) पारस बसपार्क भरतपुरबाट भजन- कीर्तन , गाडी- मोटरसाइकल र्यालीसहित नगरपरिक्रमा गर्दै मन्दिरमा ल्याउने कार्यक्रम रहेको र घर- घरमा घडाहरू राखी स्वागत गर्न सबै भक्तजनहरूलाई आयोजक समितिले आग्रह गरेको छ।
कार्यक्रमअन्तर्गत फागुन १ गते दिउसो १ मोटर साइकल र्याली तथा २ गते बिहान १०:३० बजेदेखि शोभा- कलश यात्राको कार्यक्रम रहेको मूल समितिका संयोजक कमलनयन कंडेलले बताउनुभयो।