चितवन, २० माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ भोलिदेखि सुरु हुने भएको छ ।
अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन रास्वपाले दबाब यात्रा सुरु गर्न लागेको हो। दबाब यात्रा माघ २१ गते देखि चैत २९ गतेसम्म चल्ने भएको छ ।
पार्टीका सभापति रबि लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । दबाब अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ ।
रास्वपाले यसअघि नारायणगढ–बुटवल सडक खण्डमा पैदल हिडेर दबाब यात्रा गरेको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







