चितवन, माघ १९
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले युवा सञ्जाल भरतपुरको नयाँ कार्य समितिलाई स्वागत तथा सम्मान गर्नुभएको छ ।
शुक्रबार भरतपुर महानगरपालिकामा आयोजना भएको स्वागत कार्यक्रममा प्रमुख दाहाल र उपप्रमुख अधिकारीले आआफ्नो कार्यकक्षमा टिका तथा खादा लगाएर सम्मान गर्नुभएको हो ।
स्वागत कार्यक्रमलाई सम्बोधन प्रमुख दाहालले महानगरपालिका निर्माणमा सँगै हातेमालो गरी सहकार्य गर्न अनुरोध गर्नुभयो । उपप्रमुख अधिकारीले युवाहरुले नेतृत्वले गरेको काममाथि सल्लाह र सुझाव दिइरहन आग्रह गर्नुभयो ।
स्वागत कार्यक्रममा महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेल, शिक्षा अधिकृत अर्जुन मडाई र युवा परिषद् विज्ञ रमाकान्त शर्माले सहजीकरण गर्नुभएको थियो । ११ सदस्यीय युवा सञ्जाल गत शनिबार गठन भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार