चितवन, १९ माघ
चितवनमा लाइभ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयरले कपाल र अनुहारको निशुल्क परिक्षण गर्ने भएको छ । यहि माघ २७ र २८ गते निशुल्क परिक्षण गर्ने भएको हो ।
उक्त परिक्षण गर्नका लागि काठमाडौंबाट वरिष्ठ छाला, कपाल तथा सौन्दर्य विशेषज्ञहरूको टोलि चितवन आउने जनाइएको छ ।
कपाल पातलो वा पूर्ण रुपमा तालु भएका, अनुहारमा पोतो, दाग, चाउरीपना भएका व्यक्तिहरूले परिक्षण गर्न लाइभ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयरले आग्रह गरेको छ ।