माधव सापकोटा
माघ १८, चितवन
भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० सम्पन्न गर्न आज राप्ती-१० उपसमिति गठन गरिएको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको उपस्थितिमा राप्ती-४स्थित ,लक्ष्मीनारायण मन्दिरमा बसेको धार्मिक समुदायको एक भेलाले श्रीहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। यस्तै सह- संयोजकमा लक्ष्मी पौडेल , सचिवमा यादवेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा चतुर्भुज तिमल्सिना,सदस्यमा जगन्नाथ श्रेष्ठ ,गोपाल निउरे ,जमुना श्रेष्ठ ,गोमा श्रेष्ठ ,विष्णु रिमाल चयन हुनुभएको छ।