माधव सापकोटा
माघ १५, चितवन
भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० सम्पन्न गर्न मिलडाँडा उपसमिति आज गठन गरिएको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको उपस्थितिमा भरतपुर -१९, मिलडाँडास्थित लक्ष्मीनारायण मन्दिर शालग्राम गुरु आश्रममा बसेको एक भेलाले गठन बलराम कंडेलको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।यस्तै सह- संयोजकमा डिल्लीराज सापकोटा , सचिवमा तुलसीराम कंडेल, कोषाध्यक्षमा राधिकादासी कंडेल ,सदस्यमा भागवत सापकोटा , लक्ष्मी सापकोटा , मनकला सापकोटा , पुरुषोत्तम कंडेल , गङ्गाधर सापकोटा चयन हुनुभएको छ।