माघ १४, चितवन
भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को भरतपुर १८ र १९ उपसमिति आज गठन गरिएको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको उपस्थितिमा गठन गरिएको भरतपुर १८ उपसमितिको संयोजकमा मोतीलाल ढकाल, सचिवमा ज्ञानप्रसाद भुर्तेल, सदस्यमा श्रीलाल अधिकारी , मुक्तिनाथ ढकाल,जगन्नाथ कंडेल , चक्रपाणि सुवेदी, रमा लामिछाने चयन हुनुभएको छ।
यस्तै भरतपुर १९ उपसमितिको संयोजकमा हरिप्रसाद सापकोटा , सह- संयोजकमा नन्दलाल सापकोटा , सचिवमा प्रदत्त सापकोटा ,कोषाध्यक्षमा जयनारायण सापकोटा , सह- सचिवमा माधव सापकोटा, शिवदत्त सापकोटा , लक्ष्मीप्रसाद सुवेदी , चिरञ्जीवी कंडेल लगायत चयन हुनुभएको छ।