चितवन, १४ माघ
स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा बढेको विवाद फेरी चर्किएको छ।
महाधिवेशन प्रतिनिधि मिलनबाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै सभापति खनालको कार्यशैली तानाशाह भएको आरोप लगाएका छन्। श्रेष्ठले विज्ञप्ति मार्फत पार्टीलाई संस्थागतभन्दा पनि एकलौटी सञ्चालन गरेको भन्दै विरोध गरेका छन् ।
१४ औं महाधिवेशनमा सभापतिका उम्मेदवारमा रहेका श्रेष्ठ पहिलो चरणमा उनले सबैभन्दा धेरै मत ल्याएका थिए । पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो चरणमा नगई कार्यकर्ताको आग्रहमा सहमति र एकताको लागि उनले खनाललाई समर्थन गरेका थिए । तर, खनालले सहमति लत्याएर मनोमानी तवरबाट पार्टी एकलौटी तवरबाट चलाएको भन्दै श्रेष्ठले बिरोध गरेका हुन् ।
खनालले पार्टीलाई घर चलाएको झैँ चलाएको, आफ्ना आसेपासेलाई मनलाग्दी मनोनीत गरेको, गठबन्धनलाई नसघाउने गरेको श्रेष्ठले बताएका छन् ।
यसअघि पनि श्रेष्ठले सभापति खनालविरुद्ध विज्ञप्ति जारी गरेका थिए ।
हेर्नुहोस् विज्ञप्ति:-








