तनहुँ, १४ माघ
तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २७ वर्षिय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१०, खोरादीका प्रकाश विक रहेका छन् । विकले ति महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।