भरतपुर, १४ माघ
भरतपुरमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१६ शिवघाट घर भएका ४१ वर्षीय मधुसुदन खत्री रहेका छन् भने छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छन् ।
शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र. ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । चालक खत्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमक लागि भरतपुर अस्पतालमा राखिएको छ ।