– माधव सापकोटा
माघ ८, चितवन
मित्रराष्ट्र भारतकाे अयाेध्याधाममा भगवान् श्रीरामको ऐतिहासिक दिव्य भव्य मन्दिर निर्माण भई २०८० माघ ८ गते तदनुसार २२ जनवरी २०२४ मृगशिरा नक्षत्रकाे शुभ मुहूर्तमा सम्पन्न हुन गइरहेकाे प्राणप्रतिष्ठा महाेत्सवको खुसियालीमा विजयोत्सवका रूपमा आज लक्ष्मीवैकुण्ठनाथ मन्दिर भरतपुर -४, धर्मचोक, लंकु, चितवनको प्राङ्गणबाट भगवान्का चित्रपट आदिले सुसज्जित गाडीलाई अगाडि लगाई मोटर साइकल , गाडीलगायतका सवारी साधनका साथ श्रीराम -नामसंकीर्तन गर्दै श्रीरामोत्सव शोभा यात्रा निकालिएको छ।
लक्ष्मीवैकुण्ठनाथ मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको नेतृत्वमा,अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेल लगायतका गुरु/ आचार्य , साधु-सन्तहरू, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेललगायतका धार्मिक अभियन्ताहरूको उपस्थितिमा
ॐकार झन्डा, शंख/ घण्टासहित
मन्दिर प्राङ्गणबाट निकालिएको शोभायात्रा धर्मचोक, अद्वैतचोक, धारापानी चोक ,वैकुण्ठ चोक हुँदै पुन: मन्दिरमा आएर समापन भएको थियो।यसै अवसरमा आज बेलुका ४:३० बजे भरतपुरको चौबीसकोठीमा दीपावली हुने भएको छ।
कार्यक्रममा हिन्दु, बौद्ध , किराँतलगायतका सम्पूर्ण ॐकार परिवारको सहभाहिता रहने हिन्दु स्वयंसेवक संघका व्यवस्था विभाग प्रमुख राजु सापकोटाले जानकारी दिनुभयो।