-माधव सापकोटा
माघ ७, चितवन
मित्रराष्ट्र भारतकाे अयाेध्याधाममा भगवान् श्रीरामको दिव्य भव्य मन्दिर निर्माण भई २०८० माघ ८ गते तदनुसार २२ जनवरी २०२४ मृगशिरा नक्षत्रकाे शुभ बेलामा सम्पन्न हुन गइरहेकाे प्राणप्रतिष्ठा महामहाेत्सवको खुसियालीमा भोलि माघ ८ गते बिहान ११ बजे लक्ष्मीवैकुण्ठनाथ मन्दिर भरतपुर -४, धर्मचोक, लंकु, चितवनको प्राङ्गणबाट भगवान्का चित्रपट आदिले सुसज्जित गाडीलाई अगाडि लगाई मोटर साइकल , गाडीलगायतका सवारी साधनका साथ श्रीराम -नामसंकीर्तन/ झाँकीसहित शोभा र्याली हुने भएको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य, त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका पूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्य लगायतका गुरु/ आचार्य, साधु-सन्तहरू, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेललगायतका धार्मिक अभियन्ताहरूको उपस्थितिमा हुने कार्यक्रममा ॐकार झन्डा, शंख/ घण्टा, आ- आफ्ना मोटर साइकल, गाडीसहित उपस्थित हुन सम्पूर्ण वैदिक सनातन धर्मप्रेमी जनहरूलाई मन्दिर तथा गुरुकुलले आह्वान गरेको छ ।
मन्दिर प्राङ्गणबाट सुरु हुने र्याली धर्मचोक, अद्वैतचोक, धारापानी चोक , वैकुण्ठ चोक हुँदै पुन: मन्दिरमा आई समापन हुने गुरुकुल संचालक समितिका सदस्य हरीश कँडेलले बताउनुभयो ।







