भरतपुर, ६ माघ
अनेरास्ववियु वडा स्तरीय विद्यार्थी भेला भरतपुर १२ आन्नद टोलमा सम्पन्न भएको छ । भेलाले दिवस सापकोटाको नेतृत्वमा २३ सदस्यीय कमिटी गठन गरेको छ
अनेरास्ववियु जिल्ला अध्यक्ष हरी आचार्य प्रमुख अतिथि रहेको भेलाले उपाध्यक्षमा सन्जु मिजार र सुपल क्षेत्री, सचिवमा प्रशान्त वि क, सहसचिवहरू सागर अमगाई, सारीका ढकाल, रिसभ नेपाल, कोषाध्यक्षमा दिलीप पंगेनी चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा प्रशेन सापकोटा, सचित लम्साल, प्रेम खड्का, प्रसान्त विक, राजेश जोशी, सुवास राम यादब, अनमोल कुमाल, आयुष रिमाल, रोसन अर्याल, अबनिस कुशवाह, अनमोल अधिकारी, नविन शाह, रमित मण्डल, असिम बास्कोटा, मनोज पौडेल, आर्यन महर्जन निर्वाचित भएको अनेरास्ववियु चितवन जिल्ला सहसचिव प्रदिप पराजुलीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कमिटी लाई अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य आकृति सापकोटाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।







