भरतपुर, माघ ५
अखिल नेपाल महिला संघ भरतपुर १२ को सातौं सम्मेलनबाट अध्यक्षमा गायत्री श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । उनी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन् ।
भरतपुर १२ पार्टी कार्यालयमा भएको सम्मेलनबाट उपाध्यक्षमा भुमा सापकोटा, सचिव अन्जना नेपाल, कोषाध्यक्ष संगिता बानियाँ लगायत ४१ सदस्यीय कमिटी गठन गरिएको छ ।
संघको केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज शान्ति अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा पार्टीका विभिन्न कमिटीमा रहेर जिम्मेवारी लिएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कमिटी अध्यक्ष श्रेष्ठका अनुसार प्रमुख अतिथि बाट सपथ ग्रहण गरे लगत्तै पहिलो बैठक बसेर विभिन्न विषयहरूमा छलफल सहित महत्त्वपूर्ण निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार