भरतपुर, ४ माघ
भरतपुर महानगरपालिका वडा नम्बर १२ मा वडा स्तरीय युवा क्लव गठन गरिएको छ । वडा भित्र रहेका १६ देखि २४ बर्ष उमेर समुहका युवाहरूको भेलाबाट एक कार्यक्रमका बीच युवा क्लव गठन गरिएको हो ।
महानगर स्तरीय युवा क्लब गठनका साथै युवा संसदको अभ्यास गर्ने उदेश्य सहित गठन गरिएको क्लबको अध्यक्षमा शिशिर कुँवर चयन भएका छन । त्यस्तै गरि उपाध्यक्षमा प्रसान्त विक, सचिवमा प्रकृति अधिकारी, सहसचिवमा अनुजा ओझा र कोषाध्यक्षमा सृजना अधिकारी चयन गरिएको छ ।
क्लवका सदस्यहरूमा क्रमशः पुस्कर परियार, सुप्पल अधिकारी, करण खड्का, निकिता भट्टराई, रबिन काफ्ले, सारिका ढकाल, समिक्षा वाग्ले, अपेक्षा तिवारी, शुभेच्छा वाग्ले, पुर्णिामा चौलागाईं रहेका छन ।
वडा अध्यक्ष लेखराज पन्तको संरक्षकत्व रहने क्लवको गठनका लागि महानगरपालिकाबाट विशेष प्रतिनिधिको रूपमा शिक्षा अधिकृत मिना सुनारको उपस्थिति रहेको थियो ।
यस क्लवको कार्यकाल २ बर्षको रहने छ ।